असोज ०६, २०८१, आइतबार
               

सरकारले स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड आज सार्वजनिक गर्दै

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड आज सार्वजनिक गर्ने भएको छ । देशमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भए पनि सरकारले शैक्षिकलगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय गरेको छ  ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको जनाएको छ । अझै केही दिनको ‘ट्रेन्ड’ हेरेर मात्र यस सम्बन्धी थप रणनीति तय गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको बताइएको छ । 

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र स्वास्थ्य मन्त्रालले भने केही दिन अघि नै कम्तिमा तीना साता विद्यालय बन्द गर्न प्रस्ताव गरेका थिए । तर, मन्त्रिपरिषद्ले भने स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने तर, तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको जनाएको छ ।

मास्क अनिवार्य गर्ने, भिडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा छलफल भएको थियो । स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड आज (मंगलबार) सार्वजनिक गरिने सञ्चारमन्त्री पार्वत गुरुङले बताए ।

सोमबार शिक्षा मन्त्रालयले पनि विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा सुझाब लिन सरोकारवाहरुसँग छलफल गरेको थियो । त्यस छलफलमा पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाब दिएका थिए ।

उनीहरुले संविधानले नै माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै दिनुपर्नेमा जोड दिएका थिए । केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त नहुने उनीहरुको भनाइ थियो ।

यो पनि