असोज ०६, २०८१, आइतबार
               

तनहुँमा एक चितुवा समातियो

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

दमौली । तनहुँको व्यास नगरपालिका–५ शेरा सामुदायिक वनबाट सोमबार चितुवा नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय तनहुँले उक्त सामुदायिक वनबाट चितुवा नियन्त्रणमा लिएको हो ।

कुमालगाउँका महिलाहरुले वनमा घाँस काट्न गएको बेला चितुवा देखेका थिए । महिलाहरुले चितुवा देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।

डिभिजन वन कार्यालयबाट खटिएको टोलीले उक्त चितुवा नियन्त्रणमा लिएको कार्यालय प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । अन्दाजी ३५–४० केजी रहेको उक्त चितुवा वृद्धावस्थाको छ ।

तनहुँका विभिन्न भागमा चितुवाको त्रास छ । चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँका दश बालबालिकाले ज्यान गुमाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि