बैशाख २२, २०८१, शनिबार
               

आजको मौसम : केही स्थानमा हल्का वर्षा हुने

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा मौसम पहिलेको तुलनामा सामान्य परिवर्तन भइ केही स्थानमा सफा र उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । साथै, पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने देशका केही भू–भागमा तुँवालोको असर रहने छ ।

यसैगरी राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि