बैशाख ११, २०८१, मंगलबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजिनक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि केन्द्रीय राजधानीलगायत विभिन्न जिल्लाहरुमा सामान्य परिवर्तन भइ हल्का बादल लाग्ने छ ।

त्यस्तै, दिउँसो पनि सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

साथै, देशका पहाडी भू–भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन र चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने देशका केहि भू–भागमा तुँवालोको असर रहने बताइएको छ ।

यसैगरी राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि