चैत १६, २०८०, शुक्रबार
               

बम विष्फोट घटनामा संलग्न फरार अभियुक्त

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

सिरहा । बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादी लक्ष्मीपुरपतारी गाउँपालिका-३ लवकाटोल बस्ने २० वर्षीय गुड्डु भन्ने रामजतन मुखियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

लहान नगरपालिका-८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयको कर्मचारी बस्ने अफिसको बाहिरको स्पेशमा चैत १ गते कुकर बम विष्फोट भएको घटनामा संलग्न उनलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि