बैशाख ०८, २०८१, शनिबार
               

सोमबारबाट मनकामना केबुलकार सञ्चालनमा आउने

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

काठमाडौं । गोरखाको मनकामना केबुलकार सोमबारबाट पुन: सञ्चालन हुने भएको छ ।मर्मत सम्भारपश्चात् सो मनकामना केबुलकार आउना लागेको हो । 

मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरण मध्येको कार्य अनुमानित समय भन्दा १ दिन अगावै सम्पन्न भएकोले चैत्र ३१ गते सञ्चालन गर्ने भनिएको केबुलकार चैत्र ३० गते सोमबारबाटै सञ्चालनमा आउने जानकारी दिएको छ ।

चैत्र २३ गतेदेखि मर्मतका लागि बन्द केबुलकारको विदेशी प्राविधिकहरूले काम गर्दै आएका थिए । ६ दिन बन्द गरिएको केबुलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले बताए ।

यो पनि