बैशाख १३, २०८१, बिहीबार
               

गोंगबुस्थित गोदावरी सन्तोषी गेष्टहाउसमा एक पुरुष मृत फेला

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

काठमाडौं । गोंगबुस्थित गोदावरी सन्तोषी गेष्टहाउसमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । शनिबार साँझ सो गेष्टहाउसमा बस्न आएका नारायणबहादुर घर्ती क्षेत्री मृत भेटिएका हुन्।

महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जका अनुसार गएराति १० बजे नै उनी मृत अवस्थामा भेटिएका हुन्। मृतक क्षेत्रीसँगै गेस्टहाउसमा आएका दुई जनालाई प्रहरीले  पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ढकुराम बस्‍नेत र राजकुमार गाहा छन्। बस्‍नेतलाई सुनवल र गाहालाई आरूबारीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा पुर्‍याइएको छ।


कस्तो लाग्यो ?

यो पनि