बैशाख १२, २०८१, बुधबार
               

गाउँबाट टाढा गोठमा बस्नेहरुलाई रेडियो वितरण

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

काठमाडौं । गोरखामा गाउँभन्दा टाढा  गोठमा बस्नेहरुलाई रेडियो वितरण गरिएको छ ।पशुपालनलाई मुख्य व्यवसाय बनाइ गाउँबाट टाढा बसोबास गर्नेहरुलाई सूचना प्रेसित गर्नका लागि धार्चे गाउँपालिकाले रेडियो वितरण गरेको हो । 

२० जनालाई रेडियो, सोलार र त्रिपाल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।गर्मीयामभरि गोठालाहरु गाईवस्तुसहित उच्च पहाडी भेगका खर्कमा रहेका गोठमा बस्ने गर्छन् ।  बासिन्दाको मुख्य व्यवसाय नै पशुपालन हो । मौसमी अनुकुलता मिलाउनका वस्तुभाऊलाई हिउँदयाममा बेँसीमा राख्ने गरिन्छ भने गर्मी बढ्दै जान थालेपछि लेकतिर सार्ने गरिन्छ ।

धार्चे गाउँपालिकाको लापु, गुम्दा, लाप्राक, लप्सीबोट, यमगाउँलगायतका क्षेत्रमा गोठ समितिको निर्णयअनुसार मात्र गोठ सार्ने चलन छ  । धार्चे क्षेत्रमा मात्रै तीन सयभन्दा बढी घुम्ती गोठ रहेको स्थानीय बासिन्दा जीते गुरुङले बताए ।

त्यस क्षेत्रका बासिन्दाले गाई गोरु, भेडा, च्याङ्ग्रा र खसीबोका पाल्ने गरेका छन् । खर्कमा भएका बेला उत्पादित दुधजन्य परिकार बेँसी झर्दा आफन्तजनलाई बाँड्ने चलन पनि रहेको छ । गाउँमा रहेकाले भने रक्सी, भटमास र कोदोका परिकार बनाएर गोठमा बस्ने आफन्त र छिमेकीलाई दिने गर्दछन् ।


कस्तो लाग्यो ?

यो पनि