असोज ०६, २०८१, आइतबार
               

डाका समूहले गर्यो व्यापारीको गोली हानी हत्या

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

काठमाडौं । सिरहामा मध्यराति सुतिरहेका एक व्यापारीको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लहानमा डाकाको समूहले एक व्यापारीको गोली हानी हत्या गरेको हो ।

लहान नगरपालिका–२३ गड्डाचोकमा शनिबार मध्यराति सुतिरहेका बेला सुनचाँदी पसले ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या भएको प्रहरीको भनाइ छ । डाका गर्न आएको हतियारधारी समूहले गोली हानी विश्वकर्माको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले बताए ।

उनीहरुले विश्वकर्माकी श्रीमती अनितालाई पनि धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । अनिताको लहान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि