असोज २६, २०८१, शनिबार
               

मोबाइल पड्किदा महिला घाईते

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

भोजपुर । षडानन्द नगरपालिकामा मोबाइल पड्किँदा एक जना घाइते भएकी छन् । चार्जमा राखेको मोवाइल पड्किदा षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय शर्मिला तामाङ घाइते भएकी हुन् ।

प्रहरीका अनुसार मोबाइलकाे खराबी नभई विद्युतकाे खराबीबाट पड्किएकाे हुनसक्ने भए पनि यसबारेकाे अनुसन्धानबाटमा मात्र भन्न सकिने प्रहरीले जनाएकाे छ । घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

प्रहरीका अनुसार तामाङको हात, छातीलगायतका ठाउँमा चोट लागेको छ । घाइतेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार साढे ३ बजेतिर चार्जबाट झिक्ने क्रममा सामसुङ कम्पनीकाे मोबाइल पड्किएकाे जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक भाष्कर खतिवडाले नेपाल फ्लासलाई बताए । 

 


कस्तो लाग्यो ?

यो पनि