जेठ ०५, २०८१, शनिबार
               

यौनसम्पर्क गर्न नदिएको भन्दै श्रीमतीको हत्या

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

रुपन्देहीमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । रुपन्देहीको सियारी गाउँपालिका–३ हर्नैयाकी कुश्मा बानियाँको उनकै श्रीमान गनपतले यौनसम्पर्क गर्न नदिएको भन्दै हत्या गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले श्रीमतीको हत्या अभियोगमा ६६ वर्षीय गनपतलाई बिहीबार बिहान पक्राउ गरेको छ । ५५ वर्षीय कुश्मा बिहीबार बिहान सवा ३ बजे आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

गाउँमै धान कुट्ने मिल सञ्चालन गर्दै आएका गनपतले यौनको विषयमा विवाद भएपछि श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बुधबार साँझ पनि खानपिन गरी राति ९ बजेतिर सुत्न गएकी कुस्मालाई यौन सम्पर्क गर्न नदिएको भन्दै आफैंले घाँटी थिचेर हत्या गरेको गनपतले प्रहरीसामु बयान दिएको हाे । 


कस्तो लाग्यो ?

यो पनि