जेठ ०९, २०८१, बुधबार
               

आजदेखि बल्न थाल्यो नागस्थानमा ट्राफिक लाईट

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य वैंकसँग समन्वय गरी नागस्थानमा नयाँ ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा ल्याएकोछ । नयाँ जडान गरिएको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्‍घाटन गरे ।

'ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरि आवागमनमा सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडान गर्ने कार्यलाई तीव्रता दिइदै आएका छौं । प्रबिधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम गर्न र दुर्घटना न्युनिकरण समेत हुन्छ' एसएसपी भट्टराईले भने ।

कार्यक्रममा बोल्दै राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न क्षेत्रमा सहयोगी कार्यहरु भइरहेकाे बताए । महाशाखाको समन्वयमा लामो समयसम्म प्रत्यक्ष लाभ हुने र दैनिक सडक व्यवस्थापनमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने बताए ।

कार्यक्रममा बोल्दै का.म.न.पा. वडा नं २२ का अध्यक्ष चिनकाजी महर्जनले पछिल्ला दिनहरुमा महाशाखाले विभिन्न निकायहरुसँग सहकार्य गरि चोक चोकमा ट्राफिक लाईट जडान गरि प्रविधीको प्रयोगलाई महत्व दिइ विभिन्न समस्याहरुका बावजुद सडक प्रयोगकर्ताको सेवा सुविधामा अहोरात्र खटिदै आएकोमा बिशेष धन्यबाद् दिए ।  अ

ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागि आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाईट जडानमा समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि