असोज ०६, २०८१, आइतबार
               

पत्रकार महासंघ काठमाडौंमा सूर्य सुवेदी विजयी

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन् । महासंघ काठमाडौंको बिहीबार राति सम्पन्न मतपरिणाम अनुसार सुवेदी ७१३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा रामचन्द्र दुलाल (भाञ्जा), महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन् । यसैगरी खुला सदस्यमा कमलराज राई, कृष्णप्रसाद ढुङ्गेल, कृष्णराज गौतम, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डङ्गोल विजयी भएका छन् ।

मधेशी सदस्यमा मीनाकुमारी यादव, दलित सदस्यमा शोभा नेपाली, समावेशी सदस्यमा दीपक काफ्ले र महिला सदस्यमा शोभा अर्याल विजय भएका छन् । देशभरको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौं शाखाको बुधबार सम्पन्न निर्वाचनमा एक हजार २३४ मत खसेको थियो । 

यो पनि