असोज ०६, २०८१, आइतबार
               

सुर्खेतको सिस्नेरीमा भीषण आगलागी, ९ वटा घर जलेर नष्ट

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

वीरेन्द्रनगर । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा भीषण आगलागीबाट ९ वटा घर जलेर नष्ट भएका छन् । बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो ।

आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आशिंकरूपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिए । उनका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो ।

‘बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका हुन्’, वडाध्यक्ष कार्कीले भने, ‘प्रहरी र स्थानीयवासी खटिएपछि अहिले आगो निभाइएको छ ।’

सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरुलाई तत्कालका लागि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि