बैशाख २२, २०८१, शनिबार
               

आजको मौसम : हावाहुरीसहित असिना–पानीको सम्भावना

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि अधिकांश स्थानमा मौसम सामान्य परिवर्तन भइ पहाडी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

साथै, प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुइ स्थानमा अपरान्ह पछि मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी तथा मध्य पहाडी तथा तराइका केही भू–भागहरुमा हल्का तुवाँलो समेत लाग्न सक्ने सम्भावना रहेको छ ।

यसैगरी, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहने छ भने देशका पहाडी भू–भागका एक–दुइ स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि