असोज ०६, २०८१, आइतबार
               

४० हजार घुससहित प्रहरी जवान पक्राउ

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

काठमाडौं । एक प्रहरी जवान ४० हजार घुससहित क्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीस्थित ईलाका प्रहरी कार्यालय, सितागञ्जका प्रहरी जवान कासिन्दर यादवलाई घुससहित पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने भन्दै घुस लिएका उनलाई विराटनगर महानगरपालिकाबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि