जेठ ०७, २०८१, सोमबार
               

बालिकालाई बलात्कार गरेको अभियोगमा २ जना पक्राउ

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

कपिलवस्तु । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा कपिलवस्तु नगरपालिका-५ दलदलाहा बस्ने दिनेश भन्ने २८ वर्षीय रतन गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गिरीले ती किशोरीलाईबलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता झापामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा मेचिनगर नगरपालिका-७ सतिघट्टा बस्ने १९ वर्षीय पल्टन टुडुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-१५ लक्ष्मि डाँडास्थित जंगलमा पल्टनले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि