असोज ०६, २०८१, आइतबार
               

आफ्ना उम्मेदवारलाई मतदान गर्न महासंघको आग्रह

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल पत्रकार महासंघको (आज) बुधबार हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार संघले आग्रह गरेको छ । 

गठबन्धनको मर्म र भावनानुसार देशैभर सहमतिका आधारमा उम्मेदवारहरू शाखा, प्रदेश र केन्द्रको निर्वाचनमा होमिएको भन्दै ती सङ्गठनले गठबन्धनमा रहेका सबै उम्मेदवारलाई विजयी गराउने गुरुत्तर दायित्व सबैको काँधमा रहेको जनाएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संविधानको रक्षाका लागि सङ्गठित हुनुपर्नेमा जोड दिइएको छ । 

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सङ्गठन नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जीएम छन् । 

सो गठबन्धनका तर्फबाट विपुल पोखरेल, प्रेस चौतारी नेपाललगायतको गठबन्धनबाट निर्मला शर्मा र पत्रकार गजेन्द्र बुढाथोकीले आ–आफ्नो समूहसहित अध्यक्षमा उम्मेदवारी दिएका छन् । महासंघको केन्द्र, प्रदेश र शाखाको निर्वाचन भोलि आज हुँदैछ । 


कस्तो लाग्यो ?

यो पनि