असोज ०६, २०८१, आइतबार
               

कालीकोटमा दुर्लभ हाब्रे

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

कालीकोटको शुभकालिका गाउँपालिका–६ हाउडी लेकमा दुर्लभ रेडपाण्डा(हाब्रे) भेटिएको छ । सोमबार हाउडी लेकको जङ्गलमा रेडपाण्डा भेटिएको हो । 

लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डा विश्वको दुर्लभ स्तनधारी जनावर हाउडीको जङ्गलमा भेटिएको शुभकालिका गाउँपालिकाका–६ का वडाध्यक्ष कर्णबहादुर केसीले बताए । “मानवीय गतिविधिका कारण पछिल्लो समय रेडपाण्डा निकै लोपोन्मुख अवस्थामा छ”, उनले भने । दुर्लभ जनावरका रुपमा रहेको रेडपाण्डालाई संरक्षण गर्ने नीति रहेको वडाध्यक्ष केसीले बताए । “रेडपाण्डा संरक्षणको छुट्टै नीति गाउँपालिकाले बनाएको छ”, उनले भने “चोरी शिकारीका कारणले रेडपाण्डा लोप हुँदै गएका छन् ।”

हाल नेपालमा ५०० मात्रै रेडपाण्डा रहेकोमा त्यसमध्ये ४३ प्रतिशत रेडपाण्डाको बासस्थान कर्णालीमा छ ।


कस्तो लाग्यो ?

यो पनि