बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको बाघ ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ ।
नरभक्षी सो बाघलाई मंगलबार चिडियाखानामा राखिएको हो । बाघलाई आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको थियो । गैँडा गणना गरेर फर्किने क्रममा हात्तीलाई नुहाइदिनुका साथै घाँस पनि जोहो गर्ने क्रममा सो बाघको आक्रमणमा परी गुडगाव बस्ने ३४ वर्षीय पुलिसराम थारूको मृत्यु भएको थियो ।
त्यसैगरी घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको थियो ।