मंसिर ०७, २०८१, शुक्रबार
               

११ वटा ठेकेदार कम्पनी पर्यो कालो सूचीमा

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

काठमाडौं । ११ वटा ठेकेदार कम्पनीलाई नेपाल सरकारले कालो सूचीमा राखेको छ । सोमबारको निर्णय अनुसार सरकारले ११ वटा निर्माण कम्पनी, ठेकेदार तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको जनाएको छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती ठेकेदार कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ ।

कार्यालयका अनुसार ११ वटै कम्पनीलाई कालो सूचीमा राख्न सडक विभाग, सडक डिभिजन कार्यालय हेटौंडाले पत्राचार गरेको र सोहीअनुसार सोमबारको निर्णयले कालो सूचीमा सार्वजनिक सूचनामा जनाइएको छ । यस्तो छ कालो सूचीमा परेका कम्पनीहरुको विवरण । 


 


कस्तो लाग्यो ?

यो पनि