असोज ०६, २०८१, आइतबार
               

रेड पाण्डाको ३ थान छालासहित पक्राउ

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

 बुढानिलकण्ठ नगरपालिका-६ सेराफाँट गोरखालीपुल नजिकबाट संरक्षित वन्यजन्तु रेड पाण्डाको ३ थान छालासहित सोही नगरपालिका गात्तिगौडा बस्ने पाँचथर नगी गाउँपालिका-१ घर भएका २८ वर्षीय सन्देश लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले लिम्बुलाई उक्त छालासहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि