जेठ ०४, २०८१, शुक्रबार
               

आज सुदूरपश्चिममा सार्वजनिक बिदा

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

कञ्चनपुर । राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा (आज) सोमबार सार्वजनिक बिदा दिइएको छ ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारको निर्णयअनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि