बैशाख २२, २०८१, शनिबार
               

आजको मौसम : हल्का वर्षाको सम्भावना

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा मौसम सामान्य परिवर्तन भइ केही स्थानमा सफा र उच्च पहाडी क्षेत्रमा हिमपात र हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट हल्का वर्षाको समेत सम्भावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि