असोज ०६, २०८१, आइतबार
               

४० वर्ष जेल जीवन बिताएका दुर्गाप्रसादको उपचार सुरु

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतमा ४० वर्ष जेल जीवन बिताएर रिहा भएका इलाम निवासी दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ । प्रदेश सरकारको तिम्सिनाको निशुल्क उचपार गर्ने प्रतिबद्धताबमोजिम विराटनगरस्थित विराट मेडिकल शिक्षण अस्पतालमा उनको उपचार सुरु भएको हो । 

आइतबार उपचारका लागि उनी सो अस्पताल भर्ना भएका छन् । प्रारम्भिक  स्वास्थ्य परीक्षण डा. पुरु कोइरालाले सुरु गरेका छन् ।

भारतको कोलकाता उच्च अदालतले पश्चिम बंगाल सरकारलाई ४० वर्षसम्म जेल जीवन बिताएका दुर्गाप्रसाद केही दिनअघि मात्रै घर आइपुगेका थिए । उनलाई  उनका परिवारका सदस्यले घर फिर्ता गराएका हुन् । उनी मानसिक अवस्था कमजोर रहेको अवस्थामा छन् ।

यो पनि