जेठ ०९, २०८१, बुधबार
               

अब तेजाब खरिद गर्न गृहमन्त्रालयबाट अनुमति लिनुपर्ने

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

काठमाडौं । उद्योग, कारखानामा आवश्यक पर्ने केमिकल खरिदका लागि प्रमाणसहित सात दिनअगाडि गृहमन्त्रालयबाट स्वीकृत लिन निर्देशन दिएको छ । 

दिनप्रतिदिन एसिड प्रहारका घटना तीव्र हुन थालेको भन्दै मन्त्रालयले सो निर्देशन जारी गरेको हो ।

‘अबदेखि कुनै पनि उद्योग, कारखानामा आवश्यक पर्ने यस्ता केमिकल खरिद गर्दा सात दिन अगाडि नै मन्त्रालयमा परिमाणसहितको जानकारी दिनुपर्ने निर्देशन गृहमन्त्रालयले जारी गरेको छ। त्यसका लागि मन्त्रायलयले निश्चित ढाँचासमेत तोकेको छ,’ जारी निर्देशनमा उल्लेख छ ।

तेजाव तथा अन्य घातक रासयनिक पदार्थ (नियमन) नियमावली,२०७७ नेपाल सरकारबाट चैत १६ गते स्वकीत भई लागू भइसकेको उल्लेख गर्दै गृह मन्त्रालयले यसको कारोबारमा कडाइ गरेको हो। 

अध्यादेशको दफा (५) मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खास प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थ औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने परिमाणसम्मका लागि सम्बन्धित उद्योगलाई मात्र अनुमतिपत्र दिन सकिने व्यवस्था गरेको छ।


कस्तो लाग्यो ?

यो पनि