बैशाख १४, २०८१, शुक्रबार
               

विदेशमा ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिन विमानस्थल पुगे भट्टाराई

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

आइतबार १२ नेपालीकाे एकैपटक नेपालीहरूकाे शव नेपाल आउने खबर पाएपछि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै श्रद्धाञ्जली दिन पुगेका छन् ।

१२ जना मृतककाे शवमध्ये यीमध्ये दुई जना गोरखाका थियो । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा नगरपालिका वडा नम्बर १२ का २७ वर्षीय मेघबहादुर कुँवरको शव मलेसियाबाट ल्याइएको थियो।

आफ्नो निर्वाचन क्षेत्रका युवाको वैदेशिक रोजगारीका क्रममा: निधन भएपछि श्रद्धाञ्जली दिन र परिवारका सदस्यहरूलाई भेट्न भट्टराई विमानस्थल पुगेका हुन् ।

भट्टराईले पनि वैदेशिक रोजगारीमा गएका १२ जना युवाको शव एकैदिन विमानस्थल आइपुगेको उल्लेख गर्दै आफू श्रद्धाञ्जली दिन पुगेकाे बताएका छन्-‘कस्तो दु:खद अवस्था ! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो । तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८वर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को  शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र!’ छन्।


कस्तो लाग्यो ?

यो पनि