बैशाख १२, २०८१, बुधबार
               

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, दुई दर्जन घाइते

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोटनजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए । 

मृतकको सनाखत हुन सकेको छैन । सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताउनुभयो ।  घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि