बैशाख २१, २०८१, शुक्रबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
चैत १९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज काठमाडौं उपत्यका लगायत देशका केही स्थानमा शितल महसुस भएको छ ।

बुधबार साँझ केही स्थानमा वर्षा भएकाले आज केही शितल महसुस भएको हो । त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

साथै, प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भू–भागका थेरै  स्थनमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । यसैगरी, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहने छ ।

त्यस्तै प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि