बैशाख २०, २०८१, बिहीबार
               

बेपत्ता भएका ७ किशोरी र बालिका भारतमा भेटिए

नेपाल फ्ल्यास
चैत १८, २०७७

ADVERTISEMENT

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरबाट बेपत्ता भएका ७ जना बालिका र किशोरीहरू भारतको विहारस्थित सीतामढीमा भेटिएका छन् ।

मंगलबार दिउँसो २ बजे घाँस काट्न गएका उनीहरू सीतामढी पुगेको भनी स्थानीय प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिए । सबै बालिका र किशोरीहरु सकुशल रहेको बताइएको छ ।

स्थानीयले किशोरीहरूलाई मंगलबार दिउँसो नजिकै अजगेवा गाउँको खेतमा घाँस काटिरहेको देखेकोमा त्यसपछि उनीहरू बेपत्ता भएका थिए । उनीहरु बिहार पुगेको खबर आएसँगै नेपाल प्रहरीको टोली त्यसतर्फ जान लागेको साहले जानकारी दिए । नेपाल प्रहरी गएपछि केहीबेरमा उनीहरूलाई प्रहरीको जिम्मा लगाइने र त्यसपछि  उनीहरूलाई घर–परिवारको जिम्मा लगाइने साहले बताए ।


कस्तो लाग्यो ?

यो पनि