असोज ०६, २०८१, आइतबार
               

पत्रकार महासंघ : शर्माको प्यानलद्वारा उम्मेदवारी घोषणा

नेपाल फ्ल्यास
चैत १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न केन्द्रीय निर्वाचनका लागि प्रेस चौतारी नेपाललगायत ९ वटा पत्रकारका सङ्गठनले मंगलबार उम्मेदवार घोषणा गरेका छन् ।

प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मिडिया नेपाल, जनपत्रकार सङ्गठनलगायत ९ सङ्गठनको प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक पत्रकारको संयुक्त प्यानलको तर्फबाट आयोजित कार्यक्रममा पत्रकार निर्मला शर्मा अध्यक्ष रहेको पदाधिकारीतर्फका उम्मेदवारी घोषणा गरेको हो । 

महासंघको वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद नेपाल, महिला उपाध्यक्षमा दाना केसी सुवेदी, समावेशी उपाध्यक्षमा अवधेश झा, महासचिवमा बालकृष्ण बस्नेतले उम्मेदवारी दिएका छन् ।

यस्तै खुला सचिवमा रामकृष्ण ज्ञवाली, महिला सचिवमा निमा काफ्ले, मधेशी सचिवमा स्वेता सिन्हा, आदिवासी जनजाति सचिवमा शाहीमान राई, दलित सचिवमा मधु शाही, एशोसियट सचिवमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्णा गिरी र लेखा समितिको संयोजकमा द्वारिका काफ्लेले उम्मेदवारी दिएका छन् । 

उम्मेदवारी घोषणा कार्यक्रमा अध्यक्ष पदकी उम्मेदवार शर्माले महासंघलाई श्रमजीवी पत्रकारको सङ्गठन बनाउन महिला नेतृत्व आवश्यक रहेकाले आफूलाई जिताउन आग्रह गरिन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजीवी पक्षका उम्मेदवार शर्मा भएकाले जिताउन अनुरोध गरे ।  

महासंघका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले यसपटक महिला उम्मेदवारलाई विजय गराउन आग्रह गरे । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस मञ्चका अध्यक्ष केशव अर्याल, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले शर्माको नेतृत्वमा रहेको प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक पत्रकारको संयुक्त प्यानललाई जिताउन आग्रह गरे । अन्य सदस्यको उम्मेदवारी भने पछि घोषणा गर्ने प्रेस चौतारीका अध्यक्ष बस्नेतले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि