बैशाख २२, २०८१, शनिबार
               

केही स्थानमा वर्षा र चट्याङको सम्भावना

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज काठमाडौं उपत्याकामा बिहानैदेखि तुवाँलेले ढाकेको छ ।

त्यस्तै देशका अधिकांश पहाडी जिल्लाहरुमा सामान्यतया बदली भइ केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य  बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

साथै, देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ बताइएको छ । साथै, राति पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै, पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि