जेठ ०६, २०८१, आइतबार
               

चार दिन शैक्षिक संस्था बन्द गर्न त्रिविको अनुरोध (विज्ञप्तिसहित)

नेपाल फ्ल्यास
चैत १६, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चार दिनका लागि आफू मातहत सबै शैक्षिक संस्था बन्द गर्न अनुरोध गरेको छ ।

सोमबार शिक्षा तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणलाई मध्यनजर गर्दै सबै शैक्षिक संस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेसँगै त्रिभुवन विश्वविद्यालयले आफू मातहत सबै शैक्षिक संस्थालाई एक विज्ञप्तिमार्फत् सो अनुरोध गरेको हो । 

‘अस्वाभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्नने भएकोले यस गम्भीर अवस्थालाई दृष्टिगत गरी त्रिभुवन विश्वविद्यालय अन्तर्गतका निकायहरूका नियमित प्रशासनिक कार्यहरू यथावत सञ्चालन हुनेगरी २०७० चैत १७ गतेदेखि २०७० चैत्र २० गरी शुक्रबारसम्म पठनपाठन बन्द गरी विद्यार्थीहरूलाई बिदा दिने निर्णय गरिएको छ,’ महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पूर्वनिर्धारित कार्य तालिकाअनुसार परीक्षा सञ्चालन गरिरहेका त्रिविका निकायहरूले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरू यथावत सञ्चालन गर्न निर्णयानुसार सूचित गरिन्छ ।’

पछिल्लो समय देशभर वायु प्रदूषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सरकारले ४ दिन विद्यालय बिदा दिने निर्णय गरेको थियो । सरकारको निर्णयपछि चैत १७, १८, १९, २० गते शिक्षण संस्था बन्द हुने भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि