जेठ ०७, २०८१, सोमबार
               

चार दिन विद्यालय बन्द गर्ने मन्त्रालयको निर्णय

नेपाल फ्ल्यास
चैत १६, २०७७

ADVERTISEMENT

काठमाडौं ।   शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए ।

मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले उक्त दिर्णय गरेको छ । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ ।

जल तथा मौसमविद्‍ले लामो समयको खडेरीले हावा सुख्खा भएको बताउँदै हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको बताएका छन् । यसका अलावा डढेलोका घटनाका कारण पनि वायु प्रदूषित भएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि