बैशाख २०, २०८१, बिहीबार
               

यस्तो छ मेलम्ची खानेपानी वितरण कार्यतालिका

नेपाल फ्ल्यास
चैत १५, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार राजधानीका विभिन्न स्थानमा मेलम्चीबाट ल्याइएको खानेपानी वितरण गरिएको छ ।

मेलम्चीको पानी ल्याएर काठमाडौंका सडक सपना देख्ने भट्टराइले संसार छाडेको दशक बितेको छ । कठमाडौैं भित्रिएको मेलम्चीको पानीले कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न सडक नै नपखाले पनि आममानिसले गाडी र प्यासेज भने पखालेका छन् । र, जसले मेलम्चीको पानीले काठमाडौंका सडक पखाल्ने भाषण सुनेका थिए तिनीहरुले आइतबार अवश्य पनि भट्टराईको भाषण र अनुहार अवश्य पनि सम्झिरहेका छन् । 

मेलम्चीको पानी काठमाडौं आइपुग्न दशकौँ वर्ष लागेको छ । मेलम्चीको पनी काठमाडौं आइपुग्न दशकौँ मात्रै बितेको छैन । दशकौँसँग अनेक राजनीतिक विकृति र ठेक्केदार पनि वसन्त ऋतुमा बोटविरुवाले पालुवा फेरेझैँ फेरिएका छन् ।

पहिलो चरणमा सिमित स्थानमा मात्र वितरण गरिएका कारण वरपरवाट समेत मानिसहरु मेलम्चीको पानी आउने घरमा पानी थाप्न आएका थिए भने कयौं मानिसहरु आफ्नो रिजर्भ ट्याङकी भर्न व्यस्त देखिन्थे ।

यस्तो छ, कार्यतालिका 

मेलम्चीको पानी एक दिन बिराएर काठमाडौंवसीको धारामा आउने भएको छ । केयुकेलले तयार पारेको कार्यतालिका अनुसार राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरिनेछ । र, सो पानी राति २ बजेदेखि ९ बजेसम्म न्युरोड र क्षेत्रपाटी क्षेत्रमा वितरण गरिनेछ । 
यस्तै बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कुटुबहाल, सिफल, कालोपुल, मालीगाउँ र विशाल नगर क्षेत्रमा वितरण हुनेछ । मध्यान्ह १२ बजेदेखि साँझ ७ बजेसम्म भने देवकोटा सडक, बत्तीस पुतली, जय बागेश्वरी, चाबहिल क्षेत्रमा मेलम्चीको पानी आउनेछ ।

साँझ ७ बजेदेखि ८ बजेसम्म पुनः महांकालचौरीको ट्यांकी भरिनेछ भने त्यसपछि राति ८ बजेदेखि १२ बजेसम्म मैतीदेवी, घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा पानी आउनेछ । 

दोस्रो दिन राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरेर २ देखि बिहान ८ बजेसम्म इनबहाल, ज्याठा, भोटाहिटी, कमलाक्षी र नक्साल क्षेत्रमा मेलम्चीको पानी आउनेछ । त्यसपछि फेरि ८ बजेदेखि १० बजेसम्म ट्यांकी भरेर १० देखि ४ बजेसम्म बानेश्वर, सिनामंगल, मिलनचोक र संगम चोक क्षेत्रमा पानी आउनेछ ।

बिहान १० बजेदेखि ४ बजेसम्म नै जय बागेश्वरी, मित्र पार्क, चावहिल, रातोपुल, कालीमाटी डोलमा पानी आउनेछ । 
अपरान्ह ४ बजेदेखि ५ बजेसम्म ट्यांकीमा पानी भरेर फेरि साँझ ५ देखि मध्यराति १२ बजेसम्म  चारखाल, डिल्लीबजार, कमलादी, बागबजार, त्रिपुरेश्वर क्षेत्रमा पानी आउनेछ । 

पानी आउने दिनको पहिलो दिनमा आइतबार र दोस्रो दिनमा सोमबार मान्दा त्यसको एक दिन बिराएर धारमा पानी आउनेगरी तालिका बनाइएको छ ।

यो पनि