बैशाख २०, २०८१, बिहीबार
               

राति ८-१२ बजेसम्म अनामनगर, घट्टेकुलो, डिल्लीबजार क्षेत्रमा मेलम्चीको पानी वितरण हुने

नेपाल फ्ल्यास
चैत १५, २०७७

ADVERTISEMENT

काठमाडौं । मेलम्चीबाट आएको पानी काठमाडौंका घरघरमा पुगेसँगै स्थानीयवासी खुसी भएका छन् । 

आइतबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडले महांकालस्थित पानी संकलन तथा प्रशोधन केन्द्रबाट चाबहिल, सरस्वतीनगर, गौशाला, एयरर्पोट क्षेत्रमा वितरण गरेपछि सो क्षेत्रमा अघिपछि बन्द रहने धारमा पानी आएसँगै उनीहरु खुसी भएका हुन् । 

आज २ बजेदेखि बेलुका ८ बजेसम्म चाबहिल, मित्रपार्क, बत्तीसपुतली, सरस्वती, मैजुबहाल, एयरपोर्ट, जय बागेश्वरी क्षेत्रमा पानी वितरण गरिएको छ भने राति आठ बजेदेखि १२ बजेसम्म अनामनगर, घट्टेकुलो, डिल्ली बजार क्षेत्रमा पानी वितरण गरिने बताइएको छ ।

सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएको थोक वितरण पाइपलाइनहरुको सफल परीक्षणपश्चात् महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेको पानी आइतबार दिउसो वितरण गरिएको थियो । 

केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यका अनुसार पुराना पानी पोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइनहरु परीक्षण गर्दै लैजाने योजनाअन्तर्गत पहिलो चरणमा आइतबार दिनभरिमा चार करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा हुने योजना रहेको बताए । 


कस्तो लाग्यो ?

यो पनि