जेठ ०५, २०८१, शनिबार
               

आगलागी हुँदा दुई घर नष्ट

नेपाल फ्ल्यास
चैत १३, २०७७

ADVERTISEMENT

ताप्लेजुङ । फुङलिङ नगरपालिका–३ मा आज साँझ भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । साँझ भएको आगलागीबाट भीमप्रसाद घिमिरे र चन्द्रमाया रम्तेलको घर जलेर नष्ट भएको स्थानीयवासीले जानकारी दिएका छन् । 

सबिन तोलाङ बस्दै आएका घिमिरेको घरबाट अचानक सुरु भएको आगो फैलिँदा चन्द्रमायासमेतको घर जलेको सञ्चारकर्मी जीवन कालिकोटेले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रणमा आएको छैन । नजिकै रहेका घरसमेतमा जोखिम बढेको छ । 

हावाहुरी चलिरहेकाले र पानी नभएकाले आगो थप फैलिरहेको हो । समयमा नियन्त्रण हुननसके नजिकैका घरसमेतमा क्षति पुग्ने देखिएको कालिकोटेले बताउनुभयो ।


कस्तो लाग्यो ?

यो पनि