बैशाख २१, २०८१, शुक्रबार
               

आजको मौसम : सामान्यतया सफा रहने

नेपाल फ्ल्यास
चैत १३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने छ ।

त्यस्तै, दिउँसो पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहने छ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट–हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै, राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि