मंसिर ०१, २०८१, शनिबार
               

एटिएम तोडफोड गर्ने पक्राउ

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

ललितपुर महानगरपालिका-१४ खुमलटार र विशालचोकस्थित दुई वटा बैंकको एटिएम फुटाई नगद चोरी गर्न खोजेको अभियोगमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका ३० वर्षीय भेष बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-१४ खुमलटारस्थित ग्लोबल आईएमई बैंकको एटिएम गत फागुन २८ गते राति र सोही ठाउँ विशालचोकस्थित सांग्रीला डेभलपमेन्ट बैंकको एटिएम चैत ९ गते फुटाई नगद चोरी गर्न खोज्ने कार्यमा संलग्न उनलाई ललितपुर महानगरपालिका-१४ ताल्छीखेलस्थित वर्कशपबाट घटनामा प्रयोग भएको बा.३५ प ६१५७ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर चोरी उद्योग सम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि