बैशाख २२, २०८१, शनिबार
               

आज केही स्थानमा चट्याङ पर्ने भएकोले सतर्कता अपनाउन आग्रह

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि मौसम सामान्य परिवर्तन भइ केही तराईका जिल्लाहरुमा हल्का गर्मी महसुस भएको छ भने उच्च पहाडी जिल्लाहरुमा चिसो कायमै रहनुका साथै हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकी भू–भागमा पनि आंशिक बदली रहेने छ । साथै, गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चचिम प्रदेशका थोरै  स्थानहरु र बाँकी प्रदेशका पहाडि भू–भागका एक–दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति पनि देशको पहाडी भू–भागमा  आंशिक बदली रहनेछ । त्यस्तै प्रदेश १, गण्डकी प्रदेश र  सुदुरपश्चिम प्रदेशको पहाडी भू’भागको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि