असोज ०६, २०८१, आइतबार
               

पठाओका राइडरले कम्पनीको ज्याकेट लगाए कारबाही हुने (कम्पनीको विज्ञप्तिसहित)

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

काठमाडौं । ट्राफिक प्रहरीले पठाओसँगको सहमतिमै पठाओका राइडरलाई यात्रु बोक्न प्रतिबन्ध लगाइएको छ।मंगलबार पठाओले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सोही अनुरुप पठाओका राइडरलाई बुधबारबाट ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाइएको हो ।

यदि बुधबार पठाओको ज्याकेट लगाइ राइड गरेको भेटिए कारबाही हुने प्रहरीले बताएको छ। 

पठोओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले राइडर र पठाओ यात्रीहरुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीसँगको समझादरीमा यस्तो निर्णय भएको बताइन् । 


कस्तो लाग्यो ?

यो पनि