असोज ०६, २०८१, आइतबार
               

पठाओका सेवा अवरुद्ध

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओको सेवा अवरुद्ध भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पठाओलाई बुधबारबाट सेवा सञ्चालन नगर्न भनेको छ । पठाओका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै पठाओलाई आफ्ना सेवा अवरुद्ध गर्न आग्रह गरे हो ।

पठाओले फेसबुक पेजमार्फत् आफ्नो सेवा अवरुद्ध भएको जानकारी गराएको छ । पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले प्राविधिक कारणले केही समयको लागि सेवा उपलब्ध गराउन नसकेको बताइन्, ‘केही प्राविधिक समस्या देखिएको कारणले हाम्रो सेवा अवरुद्ध भएको हो,’ उनले भनिन् ।  

पठाओले मोटरसाइकल र ट्याक्सी सेवा दिँदै आएको छ । काठमाडौं उपत्यकामा पठाओका हजारौँ प्रयोगकर्ता र राइडर छन् । पछिल्लो समय ट्याक्सी चालक र पठाओका बाइक राइडरबीच विवाद हुँदै आएको छ ।

ट्राफिक महाशाखाले भन्यो, ‘लुकेर चलाउँछन् भने बेग्लै कुरा हो । अन्यथा, चल्न दिँदैनौँ । सडकमा देखेमा कारबाही गर्छौँ । पठाओ राइडर सडकमा भेला हुँदा सवारी आवागमन प्रभावित भएको छ ।’

सोमबार बेलुकी काठमाडौंको नयाँ बसपार्कमा ट्याक्सी चालकको एक समूहले पठाओ चालक र ट्याक्सी चालकबीच कुटाकुट भएको थियो ।सो घटनालाई पठाओले आफ्ना राइडरमाथि कुटपिट भएको बताएको छ । एक प्रत्यक्षदर्शीका अनुसार सोमबार साँझ ६ बजेतिर एकजना पठाओ चालक ट्याक्सी चालकहरुबाट निर्घात कुटपिट भएको बताउँछन् । 


कस्तो लाग्यो ?

यो पनि