बैशाख ०६, २०८१, बिहीबार
               

दुर्घटनाबाट युवतीको मृत्यु भएपछि तनाव, गोली चल्दा आधा दर्जन घाइने

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

कैलाली । बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

कैलालीमा पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीबाट टीकापुरतर्फ जाँदै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट सडकमा हिँडिरहेकी लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हाे । बसको ठक्करबाट युवतीको मृत्युपछि लम्की क्षेत्र तनावग्रस्त बनेको  छ । प्रहरीले गोली चलाउँदा ७ जना घाइते भएका छन् । प्रहरी ५ जना र प्रदर्शनकारी २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयवासीले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय लम्की घेराउसमेत गरेका छन् । प्रहरीले प्रदर्शनकारीलाई तितर-बितर बनाउन हवाई फायरसमेत गरेको छ ।

ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका-१ का ३१ वर्षीय पुष्प कडेललाई यसअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि