असोज ०६, २०८१, आइतबार
               

सभा–सम्मेलन नगर्न जिल्ला प्रशासन कार्यालयको अनुरोध

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको संक्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार  सर्वसाधारणलाई अपिल गरेको छ ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल गरेको छ ।

साथै, प्रशासनले भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

यो पनि