बैशाख २२, २०८१, शनिबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा हल्का गर्मी महसुस भएको छ भने उच्च पहाडी एवं हिमाली जिल्लाहरुमा हिमपात र वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकि प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी राति पनि देशको पहाडी भू–भागमा  आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा पनि आंशिक बदलि रहेने छ ।

साथै, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि