बैशाख १९, २०८१, बुधबार
               

कोलकता उच्च अदालतको आदेश : दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति मागे उपलब्ध गराउनू

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

काठमाडौं।भारतको कोलकाता उच्च अदालतले पश्चिम बंगाल सरकारलाई ४० वर्षसम्म जेल जीवन बिताएका दुर्गाप्रसादका परिवारले क्षतिपूर्ति माग गरे उपलब्ध गराउन आदेश दिएको छ ।

दुर्गाप्रसादको परिवार विपन्न भएको बताउँदै उनको परिवारले क्षतिपूर्ति मागे उपलब्ध गराउन सोमबार सो अदालते पश्चिमबंगाल सरकारालाई आदेश दिएको हो । दुर्गाप्रसादका तर्फबाट मुद्दा लडेका भारतीय कानुन व्यवसायी हिरक सिन्हाका अनुसार क्षतिपूर्ति दिन आदेश जारी भए पनि कति दिने भन्ने उल्लेख छैन।

अदालतले आदेशमा भनेको छ, ‘कानुन अनुसार क्षतिपूर्ति उपलब्ध गराउनु।’ 

दुर्गाप्रसादको मानसिक अवस्था ठिक नभएको र गरिखाने अवस्था नभएको जानकारी अदालतले पाएको भन्दै राज्य सरकारलाई क्षतिपूर्ति दिन आदेश गरिएको अदालतद्वारा सोमबार जारी आदेशमा उल्लेख गरिएको छ। ४० वर्षसम्म कारागारमा बिताएका उनी शनिबार मात्रै नेपाल फर्किएका छन् । 

यो पनि