असोज ०६, २०८१, आइतबार
               

नक्कली सहायक सेनानी पक्राउ

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । सैनिक पोसाक लगाएर सहायक सेनानीको परिचय दिने किशोर पक्राउ गरेका छन् ।पोखरा महानगरपालिका–१४ चाउथेबाट मुस्ताङको थासाङ घर भएका विपिन लगुन विक पक्राउ परेका हुन् । 

पोखरामा निर्माणाधीन रंगशालामा गएर ‘सहायक सेनानी हुँ’ भनेपछि नेपाली सेनाको टोलीले उनलाई पक्रेको थियो । सैनिक पोसाक लगाएर हिँडेका विपिन लगुन नक्कली सहायक सेनानी भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

उनको साथबाट ‘भगवती दल गण’लेखिएको परिचयपत्र र सञ्चार सेट बरामद गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि