बैशाख १८, २०८१, मंगलबार
               

ट्राफिकले चिट काटेपछि सडकमा गाडी तेर्स्याएर अवरोध

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

काठमाडौंको नयाँ बसपार्कमा ट्राफिक प्रहरीले बढी जरिवाना गराएको भन्दै विरोध स्वरूप बस ब्यावसायीले सडक अवरुद्ध गरेका छन् । ट्राफिक नियममै नभएको ५ हजार रुपैयाँ जरिवाना गराइएको भन्दै उनीहरूले भत्काइएको आकाशे पुल मुनी सडकमा बस तेर्स्याएर सडक अवरुद्ध गरेका हुन् । 

सडकमै बस तेर्स्याएपछि चक्रपथको सवारी आवागमन एक घण्टाभन्दा बढी रोकिएको थियो । अहिले भने सडक खुलेको छ । विरोधमा उत्रिनेहरूमा काठमाडौँबाहिर जाने यात्रु बाहक बस हुन् ।

पश्चिम नेपाल बस व्यवसायी सङ्घलगायतमा आबद्धका चालकहरू आन्दोलनमा थिए । उनीहरूले ५ हजार जरिवाना गराएपछि बाध्य भएर विरोधमा उत्रिएको दाबी गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल गरेपछि कारबाही गरिएको बताएको छ ।

महाशाखाका प्रवक्ता श्याम कृष्ण अधिकारीले नेपाल फ्ल्याससँग भने ‘तोकिएभन्दा बढी भाडा लिएको पाइएपछि नियमअनुसार कारबाही गरेका हौँ, उहाँहरूले गराएको सडक अवरोध अहिले खुलाइसकेका छौँ ।'


कस्तो लाग्यो ?

यो पनि