मंसिर ०७, २०८१, शुक्रबार
               

सिलिन्डर विस्फोटका घाइतेको कीर्तिपुरमा उपचार हुँदै

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

भक्तपुर । भक्तपुरमा ग्याँस सिलिन्डर विस्फोटपछि भएको आगजनीमा घाइते भएकाहरूको उपचार जारी छ । 

सूर्यविनायकको सिर्जनानगरमा रहेको भीमेश्वर मःम एन्ड चिकेन हाउसमा आइतबार बेलुका सिलिन्डर पड्किएर आगलागी भएको थियो । विस्फोटमा ६ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार कीर्तिपुर बर्न सेन्टर अस्पतालमा घाइतेको उपचार भइरहेको छ । 

घाइते हुनेमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई दधिकोट टीकाराम बस्नेत, उनका कोटेश्वर बस्ने राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की छन् ।

यस्तै, झापा विश्वशान्ति गाउँपालिका–२ घर भई सल्लाघारी बस्ने आदित्य सुवेदी, भक्तपुर सूर्यविनायक– ५ कटुन्जे बस्ने विकास पौडेल र सोही ठाउँ बस्ने हिमुन्स थापा पनि घाइते भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि