असोज ०६, २०८१, आइतबार
               

संविधान र कानूनको पालना गर्छु : महान्यायाधिवक्ता बडाल

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले आइतबार पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनीयताको शपथग्रहणलगत्तै महान्यायाधिवक्ता कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

महान्यायाधिवक्ता वडालले पदभारका क्रममा संविधान, कानूनलाई पूर्णरुपमा पालना गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । महान्यायाधिवक्ता कार्यालयले अगाडि सारेका योजनालाई अगाडि बढाउने बताए ।

सो अवसरमा पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई बिदाइ गरिएको थियो । बिदाइको अवसरमा खरेलले आफूले महान्यायाधिवक्ता भएर केही सुधारका कामहरु सुरु गरेको र त्यसलाई थप अघि बढाउन आग्रह गरे ।

नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ताको नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार यही चैत ६ गते महान्यायाधिवक्तामा बडालको नियुक्त भएका हुन् । सोही दिन पूर्वमहान्यायाधिवक्ता खरेलले पदबाट राजीनामा दिएका थिए । 

यो पनि